Nepalmuhar Full version →
अन्तर्राष्ट्रिय

इरान बन्दरगाहमा भएको आगलागी दुइ दिन पछि नियन्त्रणमा, मारिनेको संख्या ७० पुग्यो

Nepalmuhar April 29, 2025
इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह बन्दर अब्बासमा भएको भीषण विष्फोटमा अहिलेसम्म कम्तिमा ७० जनाको ज्यान गइसकेको छ। र, सो भयानक बिष्फोटमा परी १ हजार भन्दा बढी घाइते भएको दुई दिन पछि आगो निभाइएको इरानी सरकारी सञ्चारमाध्यमले बताएको छ । प्रभावित क्षेत्रको भ्रमणमा रहेका आन्तरिक मन्त्री इस्कन्दर मोमेन...

इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह बन्दर अब्बासमा भएको भीषण विष्फोटमा अहिलेसम्म कम्तिमा ७० जनाको ज्यान गइसकेको छ।

र, सो भयानक बिष्फोटमा परी १ हजार भन्दा बढी घाइते भएको दुई दिन पछि आगो निभाइएको इरानी सरकारी सञ्चारमाध्यमले बताएको छ । प्रभावित क्षेत्रको भ्रमणमा रहेका आन्तरिक मन्त्री इस्कन्दर मोमेनीले सोमबार सरकारी टिभीलाई भने, “१२० जना घाइते अझै अस्पतालमा छन्”। 

गत शनिबार इरानको सामरिक स्ट्रेट अफ हर्मुज नजिकैको शाहिद रजाई बन्दरगाहमा विस्फोट भएको थियो, जसबाट विश्वको तेल उत्पादनको पाँच भागको एक भागको हिस्सा ओगटछ ।

यसअघि आगो निभाउनुअघि इरानको सरकारी टिभीले आगो निभाउने अग्निनियन्त्रकहरूको तस्बिर देखाउँदै आगो पूर्ण रूपमा नियन्त्रणमा आए पछि क्षतिको मूल्याङ्कन गरिने बताएको थियो। इरानी रेड क्रिसेन्टका तस्बिरहरूले देखाएको छ कि साइटको केही भागमा आगोमा भारी कालो धुवाँ उडिरहेको देखिएको छ, जसको माथि एक फायर फाइटिंग हेलिकप्टर उडाएको थियो।

विस्फोट के कारणले भएको हो भन्ने तुरुन्तै स्पष्ट हुन सकेको छैन तर बन्दरगाहको भन्सार कार्यालयले खतरनाक रासायनिक पदार्थ भण्डारण गर्ने डिपोमा आगलागी भएको हुन सक्ने अनुमान गरेको छ।  मोमेनीले सोमबार भने कि दोषीहरूलाई पहिचान गरी बोलाइएको छ । र, सो विस्फोट सुरक्षा सावधानी र लापरवाहीको पालना नगर्ने लगायतका कमजोरीहरूको कारण खोजिनेछ ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले घटनाको गहिरो अनुसन्धान गर्न आदेश दिएका छन्। बाह्य र विज्ञहरूले गरेको अनुमान अर्थात क्षेप्यास्त्र इन्धनको ढुवानीका कारण विस्फोट भएको रिपोर्टलाई इरानले भने अस्वीकार गरेको छ।


आगलागी इरान बन्दरगाह