STP News Full version →
अन्तर्राष्ट्रिय

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

Nepalmuhar March 29, 2026
काठमाडौं, १५ चैतः इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभए । मन्त्री खनाललाई आज एक सन्देश पठाउँदै उहाँले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन उहाँसँग निकट सम्पर्कमा रहेर सहकार्य गर...

काठमाडौं, १५ चैतः इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभए ।

मन्त्री खनाललाई आज एक सन्देश पठाउँदै उहाँले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन उहाँसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताउनुभए ।

यहाँस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिँदै पारस्परिक हितका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन इजरायल प्रतिबद्ध रहेको उल्लेख गर्नुभए ।

इजरायल परराष्ट्रमन्त्री