STP News Full version →
अर्थ

जेन–जी आन्दोलनः २० अर्ब ७० करोड रुपैयाँ बढीको बीमा दाबी

Nepalmuhar September 18, 2025
जेन–जी आन्दोलनका क्रममा सरकारी दमनपछि जनधनको ठूलो क्षति हुँदा बीमा कम्पनीमा मागदाबी पर्ने क्रम उच्च बनेको छ। नेपाल बीमा प्राधिकरणकाअनुसार हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार ९८४ वटा दाबी परेका छन्। जसको दाबी रकम करिब २० अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको प्राधिकरणले जनाएको छ ।बीमा कम्प...

जेन–जी आन्दोलनका क्रममा सरकारी दमनपछि जनधनको ठूलो क्षति हुँदा बीमा कम्पनीमा मागदाबी पर्ने क्रम उच्च बनेको छ। नेपाल बीमा प्राधिकरणकाअनुसार हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार ९८४ वटा दाबी परेका छन्। जसको दाबी रकम करिब २० अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको प्राधिकरणले जनाएको छ ।
बीमा कम्पनीमध्ये सबैभन्दा बढी दाबी दि. ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। सो कम्पनीमा ४० वटा दाबी दर्ता भएर करिब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। जसमा २ सय ५८ दाबीमा करिब ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी, शिखर इन्स्योरेन्समा २६६ माग दर्ता हुँदा २ अर्ब ३९ करोड रुपैयाँ दाबी भएको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबी बापत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबी बापत एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ४० वटा दाबी बापत एक अर्ब नौ करोड ५३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार सानिमा जिआइसी इन्स्योरेन्समा १२९ वटा दावी बापत ७८ करोड ९३ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दाबी बापत ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दाबी बापत ४८ करोड ५१ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ।

नेपाल इन्स्योरेन्समा ७९ वटा दाबीबापत ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा १५१ वटा दाबीबापत ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योेरेन्समा ६९ वटा दाबी बापत १९ करोड १८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा १९ वटा दाबी बापत ६ करोड ८२ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ वटा दावीबापत एक करोड १३ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ६ वटा दाबी बापत ६७ लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्समा १५ वटा दाबी बापत ५६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ वटा दावी बापत ४२ लाख रुपैयाँको बीमा दाबी परेको छ।

जेनजी आन्दोलनका कारण ठूलो क्षति भएको थियो। संसद् भवनदेखि सरकारी कार्यालय, व्यपारिक घरनाहरु ध्वस्त हुँदा खबौँको क्षति भएको थियो। अहिलेसम्मको दाबी आँकलन हेर्दा ३५ अर्बसम्म दाबी पर्न सक्ने अधिकारीहरुको आँकलन गरेका छन्।

जेन–जी आन्दोलन बीमा दाबी