STP News Full version →
अन्तर्राष्ट्रिय

कमला ह्यारिसले आज संसदमा गर्दैछिन् अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी भएको औपचारिक घोषणा

Nepalmuhar January 6, 2025
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आज डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भएको औपचारिक घोषणा गर्दैछिन् । अमेरिकामा गत नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचनमा ट्रम्प विजयी भए पनि अमेरिकी प्रचलन अनुसार परिणाम आएको एक महिना पछि सिनेट अध्यक्षले त्यसको जानकारी गराउने सिलसिलामा ह्यारिसले सो जानकारी गराउन लाग...

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आज डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भएको औपचारिक घोषणा गर्दैछिन् ।

अमेरिकामा गत नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचनमा ट्रम्प विजयी भए पनि अमेरिकी प्रचलन अनुसार परिणाम आएको एक महिना पछि सिनेट अध्यक्षले त्यसको जानकारी गराउने सिलसिलामा ह्यारिसले सो जानकारी गराउन लागेकी हुन् ।

उक्त निर्वाचनमा ट्रम्पले ३१२ इलेक्टोरल भोट पाएर बिजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी कमलाले २२६ इलेक्टोरल भोटमा सिमित हुनु परेको थियो । जबकी जीत हासिल गर्नका लागि राष्ट्रपतिको उम्मेदवारलाई २७० इलेक्टोरल भोट आवाश्यक पर्छ ।

ट्रम्पको जित नोभेम्बर ६ मा तय भए पनि यसको औपचारिक घोषणा जनवरी ६ मा हुन लागेको हो । सो दिन अमेरिकी संसदको संयुक्त सत्र क्यापिटल हिलमा इलेक्टोरल कलेजको मत गणना हुनेछ। उपराष्ट्रपति कमला ह्यारिस सिनेटको अध्यक्ष भएकाले यो प्रक्रियाको अध्यक्षता उनले गर्नु पर्नेछ ।

जनवरी ६ मा भएको चुनावी मतगणनापछि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए भने उनले जनवरी २० मा मात्रै पद तथा गोपनीयताको शपथ लिने छन् ।  सपथ ग्रहणअघि ट्रम्पले परम्परागत चलन अनुसार वर्तमान राष्ट्रपति जो बाइडेनलाई भेट्ने छन् र सरकार हस्तान्तरणका बारेमा कुराकानी गर्नु पर्ने हुनेछ ।
 

अमेरिका कमला ह्यारिस