STP News Full version →
राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

Nepalmuhar August 5, 2024
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललले आज विश्वासको मत लिने तयारी गरेका छन्। नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव साउन २१ गते राख्ने व्यवस्था मिलाउन शनिवार नै मुख्...

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललले आज विश्वासको मत लिने तयारी गरेका छन्।

नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव साउन २१ गते राख्ने व्यवस्था मिलाउन शनिवार नै मुख्मयन्त्री कँडेलले प्रदेश सभा सचिवालयलाई पत्र पठाइसकेका छन् ।

उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जनाए ।

४० सदस्यीय प्रदेश सभामा कांग्रेसका १४ र एमालेका १० सांसद रहेका छन् । त्यस्तै माओवादी केन्द्रका १३ तथा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रको एक–एक प्रदेशसभा सांसद रहेका छन् ।


Featured कर्णाली मुख्यमन्त्री