STP News Full version →
राजनीति

उज्यालो नेपाल पार्टीसँग आफ्नो सम्बन्ध नरहेको कुलमान घिसिङको प्रष्टेक्ति

Nepalmuhar October 3, 2025
उर्जा,भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल नामक पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको र त्यस पार्टीका अध्यक्षलगायत कोहीसँग पनि छलफल नभएको प्रष्टेक्ति दिएका छन्। निर्वाचन आयोगमा दर्ताका निम्ति तयार भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष ज्ञान तामाङले आफूहरु कुलमान घिसिङसँग स...

उर्जा,भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल नामक पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको र त्यस पार्टीका अध्यक्षलगायत कोहीसँग पनि छलफल नभएको प्रष्टेक्ति दिएका छन्।

निर्वाचन आयोगमा दर्ताका निम्ति तयार भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष ज्ञान तामाङले आफूहरु कुलमान घिसिङसँग समेत वार्तामा रहेको र एउटै पार्टी बन्ने दाबी गरेपछि घिसिङले उक्त पार्टीसँग सम्बन्ध नरहेकोे जिकिर गरेका हुन् ।

घिसिङले वक्तव्यमार्फत आफू उक्त पार्टीमा आबद्ध रहनेबारे कुनै किसिमको छलफल नभएको र प्रचार गरिएजस्तो जुम बैठकमा आफ्नो सहभागिता नरहने समेत प्रष्ट पारेका छन् ।

Featured कुलमान घिसिङ