Nepalmuhar Full version →
राजनीति

महेश बस्नेतको गाडीमा मसी छ्यापेका कुँवर भन्छन्, ‘विरोध गर्ने शैली हुन्छ’

Nepalmuhar November 23, 2025
नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि आइतबार (मंसिर ७) मोरङको विराटनगरमा रातो बोतलले आक्रमणको प्रयास गर्नेृ स्थानीय अर्पित कुँवरलेविरोधको भिन्न् स्वरुप देखाएको बताएका छन् । कुँवरले आफूले कसैलाई निषेध नगरेको तर विरोध गर्ने भिन्न शैली अपनाएको बताएका हुन् । “विरोध गर्ने शैली हुन्छ, मैले कसैलाई निषेध गर...

नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि आइतबार (मंसिर ७) मोरङको विराटनगरमा रातो बोतलले आक्रमणको प्रयास गर्नेृ स्थानीय अर्पित कुँवरलेविरोधको भिन्न् स्वरुप देखाएको बताएका छन् । कुँवरले आफूले कसैलाई निषेध नगरेको तर विरोध गर्ने भिन्न शैली अपनाएको बताएका हुन् ।

“विरोध गर्ने शैली हुन्छ, मैले कसैलाई निषेध गरेको हैन,” उनले भनेका छन्, “मैले उहाँहरूको शैली र प्रवृत्तिलाई कालो झन्डा देखाएको हुँ ।” गएको भदौ २३ गते मच्चाएको हत्याकाण्डको विरोध गर्दै बस्नेत सवार गाडीमा आफूले रातो मसी छ्यापेको उनले बताएका छन् । मसी छ्यापेलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

कुँवरलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । आइतबारै सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलबाहिर उनीमाथि आक्रमणको प्रयास गरिएको हो ।

महेश बस्नेत विरोध