Nepalmuhar Full version →
राजनीति

भ्रातृ संस्थामा आवधिक निर्वाचन नहुँदा पार्टीको आन्तरिक जीवनमा असर पुग्यो : नैनसिंह महर

Nepalmuhar February 12, 2025
नेपाली कांग्रेसका केन्द्रीय नैनसिंह महरले पार्टीका भ्रातृ र सुवेच्छुक संस्थाको विधान अनुसार नियमित महाधिवेशन हुन आवस्यक रहेको बताएका छन्।  नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले लामो समय प्रमुख भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीक...

नेपाली कांग्रेसका केन्द्रीय नैनसिंह महरले पार्टीका भ्रातृ र सुवेच्छुक संस्थाको विधान अनुसार नियमित महाधिवेशन हुन आवस्यक रहेको बताएका छन्। 

नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले लामो समय प्रमुख भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरीक जीवनमा समेत असर पुगेको बताएका हुन्।

मधिवेशन प्रक्रिया रोकिँदा कांग्रेसको प्रजातान्त्रिक चरित्रमाथि समेत प्रश्न उठ्ने गरेको उनले औंल्याए। ‘लोकतन्त्रको पहिलो विशेषता आवधिक निर्वाचन हो। यो प्रक्रियाबाट पार्टी र भ्रातृ तथा सुवेच्छुक संस्थालाई बाहिर्‍याउँदा लोकतन्त्रलाई कमजोर बनाउँछ। लोकतन्त्र कमजोर हुँदा पार्टीलाई क्षति पुग्छ। जनता पनि कमजोर हुन्छन्,’ उनले भने।

यस विषयमा पार्टीको निर्णायक तहमा बसेका पदाधिकारी गम्भीर बन्नुपर्ने उनको भनाइ छ। महाधिवेशनका लागि गठित निर्देशक समिति जिम्मेवारी लिन प्रतिवद्ध देखिए पनि नेतृत्व प्रतिवद्ध नदेखिएको उनले औंल्याए।

‘समग्र पार्टी र मातहतका निकायले महाधिवेशन समयमै सम्पन्न गर्नका लागि सहयोग गर्नु आवश्यक छ। पार्टीमा बढीभन्दा बढी युवालाई जोड्ने महाधिवेशनका माध्यमले नै हो। समयमै महाधिवेशन सम्पन्न नगर्ने चरित्रले पार्टी र लोकतन्त्र बलियो हुन सक्दैन,’ उनले भने। 

चैतभित्रै महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णय कार्यान्वयन हुनुपर्ने र कुनै बहानामा ढिलाइ गर्न नहुनेमा महरको जोड छ।

नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत भ्रातृसंस्थाको अधिवेशन हुन सकेको छैन।

नैनसिंह महर