Nepalmuhar Full version →
राजनीति

दोहोरो अंकले घट्यो नेप्से

Nepalmuhar July 13, 2024
Temporibus autem quibusdam et aut officiis debitis aut rerum necessitatibus saepe eveniet ut et voluptates repudiandae.

नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७.१८ अङ्कले घटेर २२४०.४१ अङ्कमा रोकिएको हो ।

नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेकै दिन सेयर बजार घटेको छ ।

आज ३२२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख २ हजार ३७२ पटक खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ।

त्यसैगरी सिभिल बैंक डिभेन्चर र मन्दु हाइड्रोको सेयर मुल्यमा सकारात्कम सर्किट लागेको छ भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ९.९७ प्रतिशत र एनआईबिएल ग्रोथ फन्डको ९.९८ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज जानकी फाइनान्सको सेयर मुल्य सबै भन्दा बढी नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशीको ३७ करोड ८ लाख ७२ हजार ५८९ बराबरको कारोबार भएको छ ।

Featured Politics Trending Congress Affordable Housing Investment Mayors