STP News Full version →
समसामयिक

‘बिचौलिया’ दीपक भट्टको पासपोर्ट रोक्का

Nepalmuhar March 31, 2026
सरकारले बिचौलिया व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ। सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा सरकारले भट्टको रोक्का गरेको हो । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको भन्दै अध्यागमन विभागलाई कालो सूचीमा राख्न पत्राचार भएको हो । बालेन्द्र साहको नेतृत्वमा १३ चैत्रमा सरकार बनेपछि...

सरकारले बिचौलिया व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ। सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा सरकारले भट्टको रोक्का गरेको हो ।

भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको भन्दै अध्यागमन विभागलाई कालो सूचीमा राख्न पत्राचार भएको हो ।

बालेन्द्र साहको नेतृत्वमा १३ चैत्रमा सरकार बनेपछि पूर्वप्रधानमन्त्रीहरूसहित विभिन्न व्यक्तिहरूमाथिको अनुसन्धान तीब्र पारिएको छ । पूर्वमन्त्री दीपक खड्कासमेत अस्ति आइतबार सम्पत्ति शुद्धीकरणकै कसुरमा पक्राउ परेका छन्।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि पनि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।

Featured दीपक भट्ट पासपोर्ट रोक्का