Nepal Muhar Full version →
अर्थ

सम्पत्ति शुद्धिकरणमा नेपाल ‘ग्रे लिष्ट’ मा, अर्थमन्त्री पौडेल भन्छन्- निर्धारित समय अगावै बाहिर निस्कन्छौं

Nepalmuhar February 22, 2025
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताएका छन् ।  फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिकृया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने- ‘विगतमा निर्धारित समयमा निर्धारित क...

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताएका छन् । 

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिकृया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने- ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं ।’

फ्रान्सको परिसमा भएको फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई दोस्रोपटक ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । विभिन्न संस्थाका २०० भन्दा बढी प्रतिनिधिको उपस्थितिमा पाँच दिनसम्म चलेको बैठकले विभिन्न सूचकहरूको मूल्यांकन गर्दै नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो ।

ग्रे लिस्टमा परेपछि वैदेशिक ऋण, अनुदानका साथै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) समेत प्रभावित हुन्छ । नेपालले विश्वजगतमा वित्तीय हैसियत गुमाउने, नेपाली बैंकहरुले खोलेको प्रतीतपत्र अस्वीकृत हुनसक्ने सम्भावना हुने गर्दछ ।

एफएटीएफले एक वर्षअघि नै नेपाललाई केही विषयहरूमा सुधार नगरे ‘ग्रे लिस्ट’मा राख्ने चेतावनी दिएको थियो । नेपाल यसअघि सन् २००८ देखि २०१४ सम्म ग्रे लिस्टमा परेको थियो । त्यसपछि विभिन्न सर्तहरू पूरा गरेर कानुनी र संस्थागत संरचना बनाएपछि नेपालाई ग्रे लिस्टबाट हटाइएको थियो ।

Featured नेपाल सम्पत्ति शुद्धिकरण