Nepalmuhar Full version →
समसामयिक

नेपालले घरेलु मैदानमै फोर नेसन्स कप खेल्ने

Nepalmuhar January 2, 2025
अन्ततः नेपालले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले फागुन ४ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारका टिम सहभागी हुनेछन् । यी खेल फ्रेबुअरीको फ...

अन्ततः नेपालले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले फागुन ४ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारका टिम सहभागी हुनेछन् । यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको एन्फाले जनाएको छ।

नेपालले यसलाई एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीका रूपमासमेत लिएको छ । 


कप घरेलु मैदान