Nepalmuhar Full version →
राजनीति

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ फरक-फरक इजलासमा, यस्तो छ इजलास

Nepalmuhar March 30, 2026
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै हिजो आइतबार सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा आज सोमबार सुनुवाइ हुँदैछ। उनीहरूको सुनुवाइ फरक फरक इजलासमा हुने सर्वोच्चले जनाएको छ। ओलीको सुनुवाइ न्याय...

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै हिजो आइतबार सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा आज सोमबार सुनुवाइ हुँदैछ।

उनीहरूको सुनुवाइ फरक फरक इजलासमा हुने सर्वोच्चले जनाएको छ। ओलीको सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुनेछ भने लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा हुनेछ। पोखरेल दोलखा जन्मथलो भएका हुन् भने रेग्मीको जन्मथलो झापा हो ।

ओलीका तर्फबाट हिजो उनकी पत्नी राधिका शाक्यले रिट पेस गरेकी थिइन्। त्यस्तै, लेखकका तर्फबाट पनि हिजै उनकी पत्नी यशोदा लेखकले रिट निवेदन पेस गरेकी हुन्। उनीहरू दुवैलाई प्रहरीले शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो। पक्राउ परेका ओली टिचिङ अस्पतालमा भर्ना भएकाले उनको म्याद लिन प्रहरीले आइतबार भर्चुअल माध्यमबाट काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो। लेखक भने स्वयं जिल्ला अदालतमा उपस्थित भएका थिए।

जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

Featured ओली लेखक