Nepalmuhar Full version →
राजनीति

ओली-लेखक हिरासत मुक्त

Nepalmuhar April 9, 2026
बालेन्द्र सरकारको निर्देशनपछि प्रहरीले हिरासतमा लिएका पूर्वप्रधानमन्त्री एवम् (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक दुवै मुक्त भएका छन् । राससका अनुसार काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको रास...

बालेन्द्र सरकारको निर्देशनपछि प्रहरीले हिरासतमा लिएका पूर्वप्रधानमन्त्री एवम् (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक दुवै मुक्त भएका छन् । राससका अनुसार काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको राससलाई बताएका छन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा नेपाल प्रहरीले अध्यक्ष ओली र लेखकलाई उनीहरुको निवास भक्तपुरको गुण्डु तथा कटुञ्जेबाट चैत १४ गते बिहानै नियन्त्रणमा लिएको थियो ।

अध्यक्ष ओलीलाई उपचार लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा राखिएको थियो । यसबीचमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप भई उनीहरुलाई हिरासतमा राखिएकामा सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा पछिल्लो थपिएको म्याद अनुसन्धान पूरा गरी मुद्धा दर्ता गर्न वा रिहा गर्न आदेश भएको थियो ।

अध्यक्ष ओली र नेता लेखकका श्रीमतीहरु क्रमशः राधिका शाक्य र यशोदा लेखकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरका थिए । प्रहरीले ओलीलाई एक घण्टा र लेखकलाई केही बेर अघि मुक्त गरेको हो ।

Featured ओली-लेखक हिरासत मुक्त