Nepal Muhar Full version →
राजनीति

प्रधानमन्त्री कार्कीले लिइन जेनजी विद्रोहका घाइतेको स्वास्थ्य जानकारी

Nepalmuhar November 18, 2025
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी विद्रोहमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भलाकुसारी गरेकी हुन् । वीरेन्द्रनगर नगरपालिका...

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी विद्रोहमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भलाकुसारी गरेकी हुन् ।

वीरेन्द्रनगर नगरपालिका–२, भुरेली, सुर्खेतका बोहरालाई भदौ २४ गते सुर्खेतमै गोली लागेको थियो। गोली लागेपछि उनले दुवै आँखा गुमाएका छन् । प्रधानमन्त्री कार्कीसँग् उनका बुवा चन्द्रबहादुर बोहोराले छोरा सन्तोषलाई यो अवस्थामा पुर्‍याउनेमाथि कारबाही हुनुपर्ने माग गरेका छन् । उनले आफ्नो छोरा जीवनभर काम गर्न नसक्ने भएकाले श्रीमती, चार वर्षीया छोरी र बुवाआमाको सहारा गुमेकोमा चिन्ता पनि व्यक्त गरे ।

त्यसक्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँलाई धेरै दुःख परेको छ, त्यो मैले बुझिरहेको छु। किनभने हामी पनि आमाबाबु हौँ। सन्तानको माया कस्तो हुन्छ भन्ने मैले पनि महसुस गर्न सक्छु। तर यो समस्या तपाईँको मात्र होइन। उपचारका लागि सम्भव हुन सक्ने जति सबै उपाय लगाऔँला। बच्चाको पढाइ, श्रीमतीको कामको लागि पनि पहल गरौँला। चिन्ता नगर्नुहोस्।’ अस्पतालमा बोहोराका बावुका साथै श्रीमती निर्मला र अन्य आफन्त उपस्थित थिए ।

Featured प्रधानमन्त्री जेनजी विद्रोह