आजबाट सुरु हुने संसदको बजेट अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो सम्बोधन गर्ने भएका छन् ।संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।
सभामुख देवराज घिमिरेले हिजो बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीका बारेमा छलफल हुदाँ आज प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने भएका हुन् ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्रीले सम्बोधन गर्ने समझदारी भएकाे हाे ।जारी शिक्षक आन्दोलन, सरकारको गति लगायत विषयमा प्रधानमन्त्रीले आफ्नो कुरा राख्ने बुझिएको छ ।