Nepal Muhar Full version →
राजनीति

प्रचण्ड भोलि उम्मेदवारी दर्ता गराउन आजै रुकुमपूर्व जाँदै

Nepalmuhar January 19, 2026
लुम्बिनी प्रदेशको रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै जाने भएका छन् बाँकेको नेपालगञ्ज विमानस्थलबाट प्रचण्ड जिल्लामा आउन लागेको नेकपा रुकुमपूर्वकी संयोजक कुमारी बरालले बताइन् । ‘आज नै काठमाडौंबाट नेपालगञ्ज हुँदै रु...

लुम्बिनी प्रदेशको रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै जाने भएका छन् बाँकेको नेपालगञ्ज विमानस्थलबाट प्रचण्ड जिल्लामा आउन लागेको नेकपा रुकुमपूर्वकी संयोजक कुमारी बरालले बताइन् ।

‘आज नै काठमाडौंबाट नेपालगञ्ज हुँदै रुकुमपूर्व आउने कार्यक्रम छ, साँझ ५ बजे स्वागत कार्यक्रम राखेका छौँ, भोलिको उम्मेदवारी दर्ताको तयारी भइरहेको छ’, उनले भनिन् । प्रचण्डले हरेक निर्वाचनपिच्छे निर्वाचन क्षेत्र फेर्दै आएका छन् ।

रुकुम रोल्पाल माओवादी जनयुद्धको उद्गम थलो मानिन्छ । रुकुमपूर्वबाट उनी पहिलोपटक उम्मेदवार बन्न लागेका हुन् । यसअघि ०६४ मा उनले रोल्पाबाट जितेका थिए ।

प्रचण्ड रुकुमपूर्व