Nepalmuhar Full version →
राजनीति

प्रचण्डको ब्रिफिङ- रवि लामिछाने पक्राउ पर्न सक्छन् !

Nepalmuhar October 18, 2024
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् ।  शुक्रबार बिहान बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकमा अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ प...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् । 

शुक्रबार बिहान बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकमा अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ पर्नसक्ने सूचना आफूले पाएको ब्रिफिङ गरेका हुन् । 

बैठकमा सहभागी एक नेताका अनुसार बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगृहमन्त्री लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेको प्रचण्डले बैठकमा बताएका थिए ।

सहकारी छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई,तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको  थियो । तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बैठकमा लामिछानेलाई पक्राउ गरेमा प्रतिवाद गर्ने विषयमा छलफल भएको बताइएको छ ।  

Featured