STP News Full version →
राजनीति

प्रधानमन्त्री कार्की मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्रिय !

Nepalmuhar October 3, 2025
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्रिय भएकी छन्। जेन्जी आन्दोलनपछि भदौ २७ गते चुनावी सरकारको नेतृत्व सम्हालेकी कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि आन्दोलनरत पक्षसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधि मिराज ढुंगाना र सुदन गुरुङसँग सर...

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्रिय भएकी छन्। जेन्जी आन्दोलनपछि भदौ २७ गते चुनावी सरकारको नेतृत्व सम्हालेकी कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि आन्दोलनरत पक्षसँग छलफल गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधि मिराज ढुंगाना र सुदन गुरुङसँग सरकारमा थप मन्त्री सहभागी गराउने विषयमा छलफल गरेकी हुन्। हालसम्म दुईपटक गरेर कार्की मन्त्रिपरिषद्मा आठ जना सदस्य छन्। कम्तिमा ११ जना सदस्यीय मन्त्रिपरिषद् गठन गरी एकजनालाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिने प्रतिबद्धता अनुसार सरकारमा थप तीन जनालाई सहभागी गराउनेबारे छलफल थालिएको हो।

प्रधानमन्त्री कार्कीले सुदन गुरुङले नेतृत्व गरेको जेन्जीको अर्को समूहसँग पनि छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ। आउँदो फागुन २१ गते चुनाव गराउन प्रधानमन्त्री कार्कीको नेतृत्वमा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठन गरेका थिए। सरकारमा दलका तर्फबाट एक–एक जना प्रतिनिधि राख्न राष्ट्रपति पौडेलले सुझाव दिए पनि प्रधानमन्त्री कार्कीले सरकारलाई गैरदलीय बनाउने भन्दै अस्वीकार गरेकी थिइन्।

समाजका विभिन्न क्षेत्रमा दलसँग आबद्ध नभई सक्रिय रहेका व्यक्तिहरुलाई सहभागी गराउने उनको प्रधानमन्त्री कार्कीको चाहना रहेको उनको सचिवालयले बताएको छ ।

Featured मन्त्रिपरिषद् प्रधानमन्त्री कार्की