STP News Full version →
राजनीति

प्रधानमन्त्री कार्कीले भेटिइन् ‘जेनजी’ आन्दोलनका सहिद परिवार

Nepalmuhar October 2, 2025
प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन ‘जेनजी’ आन्दोलनका सहिद परिवारलाई भेटेकी छन् । आज बिहीबार विजयादशमीको दिन अपरान्ह प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन्। उनले नागार्जुन–३ मा मृतक कान्छी नगरकोटीको प...

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन ‘जेनजी’ आन्दोलनका सहिद परिवारलाई भेटेकी छन् । आज बिहीबार विजयादशमीको दिन अपरान्ह प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन्।

उनले नागार्जुन–३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई समेत भेटेको कार्कीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले हिजो नै ‘जेनजी’ आन्दोलनमा निधन भएकाहरूको सम्झनामा आज दसैँमा टीका नलगाउने बताइसकेकी थिइन ।

Featured प्रधानमन्त्री कार्की सहिद परिवार