Nepalmuhar Full version →
राजनीति

आयोगको पत्र हात परेपछि निर्णय लिने रमेश लेखकको प्रष्टोक्ति

Nepalmuhar December 23, 2025
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगबाट पत्र प्राप्त भएपछि बयानबारे निर्णय लिने बताएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य लेखकलाई ११ पुसमा बयानमा बोलाउने ग...

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगबाट पत्र प्राप्त भएपछि बयानबारे निर्णय लिने बताएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य लेखकलाई ११ पुसमा बयानमा बोलाउने गरी पत्र पठाएको छ।

लेखकका अनुसार उनले पत्र प्राप्त गरिसकेका छैनन् । ‘जाँचबुझ आयोगले बयानका लागि बोलाउने भनेर पत्र पठाएको छ भन्ने कुरा सञ्चार माध्यमहरूमा खबर देखेँ । मलाई अहिलेसम्म पत्र प्राप्त भइसकेको छैन,’ मंगलबार अपराह्न सञ्चारकर्मीहरुलाई लेखकले भनेका छन्, ‘पत्र प्राप्त भएपछि यसबारे निर्णय लिन्छु।’

Featured रमेश लेखक आयोग