STP News Full version →
राजनीति

रवि लामिछाने तेस्रो पटक अदालत उपस्थित गराइए

Nepalmuhar November 5, 2024
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने, नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीसहित सहकारीको रकम हिनामिना...

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने, नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीसहित सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तिहार बिदाका कारण म्याद सकिएकोले अनुसन्धानका लागि समयावधी थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । उनीहरुको समयवधि थपका लागि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बहस सुरू भएको छ ।

लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो । लामिछाने यही कात्तिक २ गेत साँझ काठमाडौं बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए ।

Featured रवि लामिछाने अदालत