Nepal Muhar Full version →
राजनीति

कांग्रेसको बन्दसूचीमा रिना उप्रेती खस आर्य महिलाको पहिलो नम्बरमा

Nepalmuhar December 30, 2025
२०४८ सालदेखिका सबै चुनावमा सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका बलवहादुर केसीकी पत्नी हुन् रिनानेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा खस आर्य महिलातर्फ पहिलो नम्बरमा रिना उप्रेतीको नाम समावेश छ । उप्रेतीको नाम पहिलो नम्वरमा राखिएपछि विवाद भएको छ । केही नेताले सूची...

२०४८ सालदेखिका सबै चुनावमा सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका बलवहादुर केसीकी पत्नी हुन् रिना
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा खस आर्य महिलातर्फ पहिलो नम्बरमा रिना उप्रेतीको नाम समावेश छ ।

उप्रेतीको नाम पहिलो नम्वरमा राखिएपछि विवाद भएको छ । केही नेताले सूची सच्याउन दबाब दिएका छन् ।उप्रेती कांग्रेस नेता बलबहादुर केसीकी पत्नी हुन् । केसी २०४८ सालदेखिका सबै चुनावमा केसी सोलुखुम्बुबाट कांग्रेसको एकल उम्मेदवार हुँदै आएका छन् ।उनले २०६४, २०७४ र २०७९ को चुनावमा हार व्यहोरेका थिए ।

२०४८, २०५१, २०५६ र २०७० मा जितेका थिए । यसपटक पनि सोलुखुम्बूबाट प्रत्यक्षमा १३ जनाको नाम सिफारिस भएकोमा केसीको एक नम्वरमा छ । उनकी श्रीमती रिन उप्रेतीको १३ औं नम्वरमा छ । । उप्रेती पद्मकन्या क्याम्पसको पूर्व स्ववियु सभापति हुन् ।

बन्दसूची रिना उप्रेती