Nepal Muhar Full version →
राजनीति

संघीय मन्त्रीहरूले सम्पति विवरण सार्वजनिक नगरेकोमा रास्वपा आक्रोशित

Nepalmuhar February 11, 2025
 राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री देखी मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद असिम शाहले शुन्य समयमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन ।  ‘सरकारमा रहेका प्रधानमन्त्री देखी मन्त्रीहरू...

 राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री देखी मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद असिम शाहले शुन्य समयमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन । 

‘सरकारमा रहेका प्रधानमन्त्री देखी मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन, भाषणमा पारदर्शिताको नारा घन्काउनेहरू किन यसबारेमा मौन छन्‚’ उनको प्रश्न छ । उनले अबिलम्ब सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरेका छन् ।

Featured रास्वपा सम्पति विवरण