Nepal Muhar Full version →
समसामयिक

स्थानीयत तह उपनिर्वाचन हुने स्थानमा आचारसंहिता लागू हुँदै

Nepalmuhar November 17, 2024
१६ मंसिरमा स्थानीय तहका ४४ पदको उपनिर्वाचन हुने जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोगले आज आइतबारदेखि उपनिर्वाचन हुने जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको छ आयोगका अनुसार नेपाल सरकार र...

१६ मंसिरमा स्थानीय तहका ४४ पदको उपनिर्वाचन हुने जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोगले आज आइतबारदेखि उपनिर्वाचन हुने जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको छ

आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ ।

राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालयमहाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीको हकमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

त्यस्तै, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ ।

आचारसंहिता लागू हुने जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा आचारसंहिताले निषेध गरेका कार्य गर्नु गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई स्वीकृत भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ ।

हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति…

Featured निर्वाचन आयोग आचारसंहिता