STP News Full version →
राजनीति

ओडिसा घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोकिनेछः शिक्षा मन्त्रालय

Nepalmuhar February 18, 2025
सरकारले भारतमा विद्यार्थीलाई अध्ययन गर्न पठाउन रोक्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थामा विद्यार्थी पढन पठाउन रोक्ने चेतावनी दिएको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ओडिसास्थित केआईआईटी विश्वविद्यालय, उडिसामा अध्ययनरत छ...

सरकारले भारतमा विद्यार्थीलाई अध्ययन गर्न पठाउन रोक्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थामा विद्यार्थी पढन पठाउन रोक्ने चेतावनी दिएको हो ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै ओडिसास्थित केआईआईटी विश्वविद्यालय, उडिसामा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण पछि मन्त्रालयले भविष्यमा भारतका लागि एनओसी दिन रोक्ने चेतावनी दिएको हो।

‘उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालयलगायत शिक्षण संस्थामा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र ‘एनओसी’ प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयले चेतावनीका साथ भनेको छ ।

Featured विद्यार्थी ओडिसा घटना