शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धिकरण मुद्दामा बयान लिएर छाडिएको छ । उनी शुक्रबारदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धनका लागि प्रहरीको नियन्त्रणमा थिए।
व्यवसायी दीपक भट्टसँगको कारोबार र सम्पत्ति शुद्धीकरण प्रकरणमा उनको बयान लिइएको विभागले जनाएको छ। आज आइतबार शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन्।
उनलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको छ। शंकर र सुलभ बावुछोरा हुन् । उनीहरुको विषय फरक भएकाले शंकरलाई बयानपछि छाडिएको र सुलभलाई चाहिँ अनुसन्धान गर्नुपर्ने देखिएको विभाग स्रोतको भनाइ छ ।