Nepalmuhar Full version →
राजनीति

सभामुखले समितिका सभापति र सचेतकहरुसँग छलफल गर्दै

Nepalmuhar October 22, 2024
सभामुख देवराज घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्दै छन् । सभामुखको सचिवालयका अनुसार आज बिहान साढे ११ बोलाइएको बैठकमा बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख स...

सभामुख देवराज घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्दै छन् ।

सभामुखको सचिवालयका अनुसार आज बिहान साढे ११ बोलाइएको बैठकमा बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।

त्यस्तै दफावार छलफलका लागि विधेयक रहेका समितिहरुमा राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समिति रहेका छन् ।

संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले यो छलफल गर्न लागेको बताइएको छ ।

Featured सभामुख सचेतक