Nepalmuhar Full version →
समसामयिक

काठमाडौँसहित ४० जिल्ला र आसपास आज आकस्मिक बाढीको सम्भावना

Nepalmuhar October 3, 2025
मौसम बिदा हुने क्रमसँगै देशभर परेको अविरल वर्षाले बाढी तथा पहिरोको जोखिम बढेको छ। यससँगै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीको सम्भावना तथा खतरा कहाँ-कहाँ छ भन्ने विषयमा जानकारी गराएको छ। बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका...

मौसम बिदा हुने क्रमसँगै देशभर परेको अविरल वर्षाले बाढी तथा पहिरोको जोखिम बढेको छ। यससँगै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीको सम्भावना तथा खतरा कहाँ-कहाँ छ भन्ने विषयमा जानकारी गराएको छ।

बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै भए पनि बाढी बढ्दै जाने बढ्ने सम्भावना छ।

साथै आज ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, बाग्लुङ, मनाङ, गोरखा, लमजुङ, पाल्पा, सुर्खेत, बर्दिया र आसपासका जिल्ला भई वहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च रहेको बाढी महाशाखाले जनाएको छ।

यसैगरी आज इलाम, झापा, रामेछाप, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, खोटाङ, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, कास्की, तनहुँ, स्याङजा, पर्वत, गुल्मी, रोल्पा, प्युठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।

विस्तृत जानकारी तल,

Featured बाढी