Nepalmuhar Full version →
राजनीति

प्रहरीसँग झडप भए पछि शिक्षक महासंघले बाेलायाे आकस्मिक बैठक

Nepalmuhar April 27, 2025
नयाँ बानेश्वरमा आज प्रहरीसँग भएको झडपमा केही शिक्षक घाइते भए पछि नपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ ।  बिगत चैत २० देखी जारी रहेको शान्तिपुर्ण काठमाडौं केन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भए पछि महासंघले आकस्मिक बैठक बोलाएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आज द...

नयाँ बानेश्वरमा आज प्रहरीसँग भएको झडपमा केही शिक्षक घाइते भए पछि नपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । 

बिगत चैत २० देखी जारी रहेको शान्तिपुर्ण काठमाडौं केन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भए पछि महासंघले आकस्मिक बैठक बोलाएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आज दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।

निषेधित क्षेत्र तोडन खोजे पछि आज पहिलो पटक शिक्षक र प्रहरी बिच नयाँ बानेश्वरमा झडप भएको हो । सो क्रममा प्रहरीले शिक्षकहरू माथी पानीको फोहोरा प्रहार गरे पछि प्रदर्शनले उग्र रूप लिएको हो ।

सो क्रममा प्रहरीले अहिलेसम्म एकजना शिक्षकलाइ पक्राउ गरेको जानकारी दिएको छ भने दर्जनौं शिक्षक घाइते भएका छन् ।   


Featured बैठक शिक्षक महासंघ