STP News Full version →
समसामयिक

प्रधान सेनापति खुला म्याराथनमा सेनाका रोकाय प्रथम

Nepalmuhar February 7, 2026
यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता’मा नेपाली सेनाका अमल्दार राजन रोकायले निर्धारित दूरी दुई घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरेका छन् । महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा आयोजित उक्त प्रतियोगितामा सेनाकै हुद्धा खड्गबहादुर खड्काले दोस्रो स्थान प्राप्त गर...

यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता’मा नेपाली सेनाका अमल्दार राजन रोकायले निर्धारित दूरी दुई घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरेका छन् ।

महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा आयोजित उक्त प्रतियोगितामा सेनाकै हुद्धा खड्गबहादुर खड्काले दोस्रो स्थान प्राप्त गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।

हाफ म्याराथनमा पुरुषतर्फ सेनाका अमल्दार गजिन्द्र राईले निर्धारित दूरी एक घण्टा चार मिनेट ४५ सेकेन्डमा पूरा गरी प्रथम भए । महिलातर्फ सन्तोषी श्रेष्ठले निर्धारित दूरी एक घण्टा १४ मिनेट ३१ सेकेन्डमा पूरा गरी प्रथम भएको निर्देशनालयले जनाएको छ ।

‘बलियो एकता, सुरक्षित राष्ट्र’ नाराका साथ आयोजित ११औँ संस्करणमा ४२।१९५ किलोमिटर खुला म्याराथन र २१ किलोमिटर हाफ म्याराथनमा महिला र पुरुष दुवै विधा समावेश गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत १० किलोमिटर दूरीको छात्र तथा छात्रा, सैनिक अधिकृत, सैनिक सहचारी तथा पाँच किलोमिटर दूरीको आधारभूत विद्यालय तहका छात्ररछात्रा र पाँच किलोमिटर वाकाथन विधा समावेश थियो ।

प्रतियोगिताका विजयी धावकलाई प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानसेनापतिहरू, सैनिक श्रीमती संघकी अध्यक्ष, बलाधिकृत, नेपाल सरकारका सचिव तथा काठमाडौं महानगरपालिका प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । रासस

प्रधान सेनापति म्याराथन