Nepal Muhar Full version →
समसामयिक

सडकको खाल्डोमा डुबेर बालकको मृत्यु

Nepalmuhar July 16, 2025
सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा सडक बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । जानकीनगरका दिनेश यादवका छ वर्षीय छोरा सुशान्त यादवको खाल्डोमा डुबेर मृत्यु भएको हो । हिजो मङ्गलबार बिहान १० बजेदेखि बेपत्ता भएका बालकलाई राति ११ बजेतिर सडक निर्माणका लागि जेसिबीले खनेको खा...

सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा सडक बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । जानकीनगरका दिनेश यादवका छ वर्षीय छोरा सुशान्त यादवको खाल्डोमा डुबेर मृत्यु भएको हो । हिजो मङ्गलबार बिहान १० बजेदेखि बेपत्ता भएका बालकलाई राति ११ बजेतिर सडक निर्माणका लागि जेसिबीले खनेको खाल्डोमा जमेको पानीमा मृत फेला परेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईले जानकारी दिए ।

डिएसपी भट्टराईका अनुसार मध्यरातमा शव फेला परेकाले बुधबार बिहान घटनास्थलको प्रकृति मुचुल्का गरिएको छ ।

मृत्यु बालक