Nepalmuhar Full version →
राजनीति

उपसभामुखलाई हटाउन हुन्न, हामी विरोध गर्छौंः प्रचण्ड

Nepalmuhar August 19, 2025
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताएका छन्। सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले पहिलादेखि नै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको तर अहिले हस्ताक्षर नै गरिरहेको भन्दै यो गल्ती नगर्...

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताएका छन्। सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले पहिलादेखि नै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको तर अहिले हस्ताक्षर नै गरिरहेको भन्दै यो गल्ती नगर्न आग्रह गरे।

प्रचण्डले भने, ‘उहाँहरुको उपसभामुख हटाउने कुरा धेरै पहिलादेखिको हो। तर त्यो गलत गर्दै हुनुहुन्छ। गल्ती गरी नै रहनुभएको छ। यो सरकार बनेदेखि नै गल्ती त गरिरहनुभएको छ। एउटा महिला, आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत छ। यसको हामी विरोध गर्छौं। उहाँले गरेको भन्ने केही प्रमाण छैन, खालि त्यो कपोकल्पित हो।’

Featured उपसभामुख