STP News Full version →
अर्थ

२६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

Nepalmuhar September 4, 2025
सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो । सञ्चार मन्त्रालय स्रोतका अनुसार केही समय अघि मात्र यो निर्णय भएको छ । सरकारले विज्ञ...

सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो । सञ्चार मन्त्रालय स्रोतका अनुसार केही समय अघि मात्र यो निर्णय भएको छ । सरकारले विज्ञप्ति जारी गरेर सूचना दिने तयारी गरिरहेको छ । नेपालमा फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल सूचीकरण भएका छैनन् ।

Featured बन्द सामाजिक सञ्जाल