Nepalmuhar Full version →
राजनीति

नवनिर्वाचित सभामुख अर्यालले लिए शपथ

Nepalmuhar April 5, 2026
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज आइतबार (चैत २२) शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराए । अर्याल आजै सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए । अर्यालबाहेकको उमेदवारी नपरेकाले सभाको अध्यक्षता गरिरहे...

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज आइतबार (चैत २२) शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराए ।

अर्याल आजै सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए । अर्यालबाहेकको उमेदवारी नपरेकाले सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

गएको फागुन २१ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–९ बाट विजयी भएका अर्याल सभामुख बनेका हुन् । उनी ०७९ सालमा समानुपातिक सांसद बनेका थिए । त्यसपछि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको भूमिका पनि निर्वाह गरेका थिए ।

सभामुख बन्नुअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति थिए । अर्यालले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला पार्टीको नेतृत्व सम्हालेका थिए ।

Featured नवनिर्वाचित सभामुख शपथ