Nepalmuhar Full version →
समसामयिक

विधेयकका अवस्था बारे संसदीय समितिका सभापतिहरुसँग सभामुखले छलफल गर्दै

Nepalmuhar June 30, 2025
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई सामुहिक छलफलमा बोलाएका छन्। आज दिउँसो २ः०० बजे समितिका सभापतिहरूसँग संघीय संसद भवन, नयाँ बानेश्वरमा सभामुखले छलफलका लागि बोलाएका हुन । छलफलमा समितिमा रहेका विधेयकको अवस्थाबारे छलफल हुने सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए...

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई सामुहिक छलफलमा बोलाएका छन्। आज दिउँसो २ः०० बजे समितिका सभापतिहरूसँग संघीय संसद भवन, नयाँ बानेश्वरमा सभामुखले छलफलका लागि बोलाएका हुन ।

छलफलमा समितिमा रहेका विधेयकको अवस्थाबारे छलफल हुने सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

‘सभामुखले २ः०० बजे समिति सभापतिहरूसँग शंकर हल, नयाँ बानेश्वरमा छलफल गर्दै हुनुहुन्छ, आजको छलफलको विषय रहेको छ–विधेयकको अवस्था लगायत ।’ उनले भने ।


Featured विधेयक संसदीय समिति