Nepalmuhar Full version →
अर्थ

नेपालमा टेलिग्राम एप बन्द

Nepalmuhar July 18, 2025
नेपाल दूरसंचार प्राधिकरणले टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो । प्राधिकरणले जारी गरेको सूचनामा टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको भन्दै भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर...

नेपाल दूरसंचार प्राधिकरणले टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।

प्राधिकरणले जारी गरेको सूचनामा टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको भन्दै भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउनेरबन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसंचार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’

टेलिग्राम रुसी एप हो । जानकारहरुका भनाइमा अमेरिकी दबाबमा सरकारले टेलिग्राम एप बन्द गराएको हो । केही समय अघि सरकार चिनियाँ टिकटक बन्द गराएको थियो । तर, दबाब फेरि खोल्न बाध्य भएको थियो ।

बन्द टेलिग्राम एप