Nepalmuhar Full version →
राजनीति

पूर्णबहादुरले डाकेको बैठकमा यी नेताहरु सहभागी

Nepalmuhar March 31, 2026
नेपाली कांग्रेसका पूर्वकार्यवाह सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीस्थित होटल स्मार्टमा डाकेको बैठक तीन एजेन्डामा केन्द्रित छ । गगन थापालाई सभापति अस्वीकार गर्दै खड्काले कार्यवाहक सभापतिको हैसियतमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक राखेका हुन्। बैठकमा तत्कालीन कार्यसमितिका पदाधिकारीसह...

नेपाली कांग्रेसका पूर्वकार्यवाह सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीस्थित होटल स्मार्टमा डाकेको बैठक तीन एजेन्डामा केन्द्रित छ ।

गगन थापालाई सभापति अस्वीकार गर्दै खड्काले कार्यवाहक सभापतिको हैसियतमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक राखेका हुन्। बैठकमा तत्कालीन कार्यसमितिका पदाधिकारीसहित करिब ६० जनाभन्दा धेरै नेताहरू सहभागी छन् ।

बैठकमा खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, बद्री पाण्डे, जीवन परियार, मोहन बस्नेत, महेन्द्रा सुब्बा, सरस्वती बजिमया, कल्याणी रिजाल, मानबहादुर विश्वकर्मा, शारदा पौडेल, पुष्प पराजुली, अर्जुन जंगबहादुर सिंह, आशा विक सहभागी छन् ।

त्यस्तै, अम्बिका बस्नेत, आनन्द ढुङ्गाना, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, एनपी साउद, दीलेन्द्र बडू, शिव हुमागाईं, उमेशजंग रायमाझी, जितजंग बस्नेत, गुरु बराल, गणेश लामा, किरण पौडेल, सीता गुरुङ, पद्म नारायण चौधरी, कृष्ण किशोर घिमिरे, प्रदीप सुनुवार, शान्ति विक, दिपक गिरी, कुन्दन काफ्ले, श्याम घिमिरे, गेहेन्द्र गिरी बैठकमा सहभागी छन् ।

यस्तै, रामहरि खतिवडा, जीवनबहादुर शाही, सीता राना, राधा घले, ध्यानगोविन्द रञ्जित, राजीव विक्रम शाही, मानबहादुर नेपाली, सीता देवकोटा, सरस्वती तिवारी, विद्या तिमलसिना, लक्ष्मी खतिवडा, जीवन राना, कान्तिका सेजुवाल, रमा कोइराला, शुशिला मिश्र, डा. रणबहादुर रावल, ईश्वरी न्यौपाने, महालक्ष्मी उपाध्याय डिना, मदनबहादुर अमात्य, गोविन्द भट्टराई, भीम पराजुली, हरिशरण नेपाली, शंकर भण्डारी सहभागी छन् ।

बैठकमा सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि सहभागी छन् । पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि खड्काले कांग्रेसभित्र समानान्तर गतिविधि चलाई रहेका छन् ।

Featured पूर्णबहादुर खड्का होटल स्मार्ट