STP News Full version →
समसामयिक

जापान र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

Nepalmuhar March 5, 2025
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१७ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१४ बस्ने ४६ वर्षीय अंगदकुमार जोशी, गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भई काठमाडौ...

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१७ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१४ बस्ने ४६ वर्षीय अंगदकुमार जोशी, गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ४७ वर्षीय जगदिश्वर पनेरू र उदयपुर उदयपुरगढी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने ३३ वर्षीया नरमाया कार्की छन् । 

अंगदले जापान पठाइदिन्छु भन्दै एकजनाबाट ११ लाख ६० हजार रूपैयाँ, जगदीश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट दुई लाख रूपैयाँ र नरमायाले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट एक लाख ९९ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अंगदलाई सोमबार तथा जगदीश्वर र नरमायालाई मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 


पक्राउ ठगी