STP News Full version →
समसामयिक

भन्सार छलीको लाखौंको सामानसँगै ३ मोटरसाईकल बरामद

Nepalmuhar May 9, 2025
जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले छन्सार छलीको बिभिन्न सामान सहित तीनथान मोटरसाईकल बरामद गरेको छ। बिशेष सूचनाको आधारमा गएको गस्ती टोलीले ईशनाथ नगरपालिका १ स्थीत भारतबाट अबैध रुपमा भित्र्याएको  कपडा, किराना , लगायतका सामान बोकेको तीनथान मोटरसाईकल बरामद गरेको हो। प्रहरी गस्ती टोलीलाई हेरेर म...

जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले छन्सार छलीको बिभिन्न सामान सहित तीनथान मोटरसाईकल बरामद गरेको छ।

बिशेष सूचनाको आधारमा गएको गस्ती टोलीले ईशनाथ नगरपालिका १ स्थीत भारतबाट अबैध रुपमा भित्र्याएको  कपडा, किराना , लगायतका सामान बोकेको तीनथान मोटरसाईकल बरामद गरेको हो।

प्रहरी गस्ती टोलीलाई हेरेर मोटरसाईकल छोडेर तस्कर फरार भएको प्रहरीले जनाएको छ।  तस्करीको सामान बोक्न प्रयोग गरिएको विआर ०६ ,७१४५, विआर ०५ एएम ६२५० र एउटा नम्बर नभएको मोटरसाईकल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।  त्यसैगरी जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले बिहीबार एकलाख २६ हजार बराबरको किराना लगायतको सामान बरामद गरेको छ।

बरामद कपडा, किराना लगायतका सामान संगै तीनवटै मोटरसाईकलको कुल चारलाख ४२ हजार रुपैयाँ मूल्यांकन सहित आवश्यक कारवाहीको लागि बिहीवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी सूचनामा उल्लेख गरिएको छ।


मोटरसाईकल बरामद