राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई भोलि मंगलबार र पर्सी बुधबार अभिमुखीकरण गर्ने भएको छ।अभिमुखीकरण मंगलबार बिहान १० बजे रोयल टुलिप होटल ग्वार्कोमा सुरू हुनेछ।
रास्वपाले आवासीयसुविधासहित अभिमुखीकरण गर्न लागेको बताएको छ। नवनिर्वाचित सांसदहरूलाई आचारसंहिता जारी गर्दै कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध गरेको बताएको छ।
कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरिएको, परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न निर्देशन दिइएको छ । सहभागीलाई छाडेपछि वाहन होटल परिसरमा वा बाहिर पार्क गर्न सकिनेछ, चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था सहभागीकै जिम्मेवारी हुने रास्वपाले बताएको छ।
सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन जारी गरिएको र पोशाक व्यवसायिक क्याजुअल लगाउनुपर्ने उल्लेख छ।
अभिमुखीकरणमा नेता कुन नेताले बोल्ले हुन् ? त्यो भने खुलाइएको छैन । नेकपा (माओवादी) ले पनि २०६४ का सुरुसुरुमा निर्देशन जारी गर्दै आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम मात्र दिएको थिएन्, संयुक्त आवास पनि राखेको थियो ।
