Nepalmuhar Full version →
समसामयिक

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Nepalmuhar February 14, 2026
मकवानपुरमा छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कान्तिलोकपथ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–५ पिप्लेमा ना ५ ख १८६१ नम्बरको ट्रकमा ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सुवास थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प...

मकवानपुरमा छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कान्तिलोकपथ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–५ पिप्लेमा ना ५ ख १८६१ नम्बरको ट्रकमा ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सुवास थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।

दुर्घटनामा गम्भीर घाइते थिङको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित जङ्गदेश्वर महादेव मन्दिर नजिकै बसबाट लडेर गम्भीर घाइते एक वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत माघ १० गते बाप्र ०३–००१ ख १९७२ नम्बरको बसबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएका चितवनको रत्ननगर नगरपालिका–६ का ६२ वर्षीय विष्णुबहादुर घिमिरेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको हो।

सवारी दुर्घटना