Nepal Muhar Full version →
राजनीति

एमालेको दाबीः ५४.५४ प्रतिशत नयाँ उम्मेदवार

Nepalmuhar January 20, 2026
नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि सारेको दाबी गरेको छ । एमालेका प्रचार संयोजक मीनबहादुर शाहीले आज मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ अनुहार अघि सारेको दाबी गरेका हुन् । मधेस र सुदूरपश्चिममा ५०र५० प्रतिशत र कोसीमा ५३.५७ प्रतिशत उम्मेदवार नयाँ भएको उनले बताए । सबैभन...

नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि सारेको दाबी गरेको छ । एमालेका प्रचार संयोजक मीनबहादुर शाहीले आज मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ अनुहार अघि सारेको दाबी गरेका हुन् ।

मधेस र सुदूरपश्चिममा ५०र५० प्रतिशत र कोसीमा ५३.५७ प्रतिशत उम्मेदवार नयाँ भएको उनले बताए । सबैभन्दा धेरै कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत नयाँ अनुहार रहेका शाहीको भनाइ छ । वाग्मतीमा ६०.६० र ६१.११ प्रतिशत गण्डकीमा रहेको शाहीले बताए ।

एमालेले यो निर्वाचनलाई आम निर्वाचनको रूपमा लिएको शाही बताएका छन् । “हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा यो निर्वाचनलाई लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरूद्धको जनमत संग्रहका रूपमा लिएको हुँदा आजको दिनलाई विशेष दिनका रूपमा लिएको छ,” पत्रकार सम्मेलनमा उनले भनेका थिए ।

Featured एमाले उम्मेदवार