Nepal Muhar Full version →
राजनीति

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

Nepalmuhar February 28, 2026
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ । एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएको शाहीले बता...

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ ।

एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएको शाहीले बताए ।

नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएको टिप्पणी गरे। उनले भने, “नेकपा एमाले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ ।”

Featured एमाले