STP News Full version →
समसामयिक

दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला

Nepalmuhar December 19, 2024
दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका-६ बसपार्कस्थित मिलन होटल एन्ड लजमा बुधबार राति बसेका सुनुवार बिहान मृ...

दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका-६ बसपार्कस्थित मिलन होटल एन्ड लजमा बुधबार राति बसेका सुनुवार बिहान मृत फेला परेको भन्दै सञ्चालकले खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल जाँदा उक्त कोठामा मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ की २७ वर्षीया गोमाकुमारी तामाङ भेटिएकी थिइन्। उनी सुनुवारसँग बेलुका खाना खाएर कोठामा बसेकी थिइन्। अनुसन्धान अनुसार रामेछाप मन्थली घर भएकी २० वर्षीया सोनु तामाङसमेत होटलको कोठामा सँगै सुतेका थिए।

गोमाकुमारीले सुनुवार सुतेकै स्थानमा मृत फेला परेको भन्दै होटल सञ्चालिकालाई खबर गरेकी थिइन्। दुबै युवतीलाई प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान थालेको छ।

मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

युवा मृत फेला