नेकपा (एकीकृत समाजवादी) को पदकाधिकारीमा रोचक भिडन्त भएको छ । अध्यक्ष माधव नेपालपछिको वरिष्ठ उपाध्यक्षका लागि धादिङका राजेन्द्र पाण्डे र भोजपुरका घनेन्द्र बस्नेतबीच प्रतिस्पर्धा हुँदैछ । महिला उपाध्यक्षमा भाजपुरकै जयन्ती राई र गुल्मीकी रामकुमारी झाँक्रीले उमेदवारी दिएका छन् ।
मधेसी उपाध्यक्षको प्रतिस्पर्धामा धर्मनाथप्रसाद साह र रामचन्द्र झाको उमेदवारी परेको छ । चार जना खुला उपाध्यक्षमा ११ जनाले उमेदवारी दिएका छन् । खुला उपाध्यक्षका उमेदवारमा यसअघिका उपमहासचिवहरू गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, विजय पौडेललगायत छन् ।
चार जना उपमहासचिवका लागि २० जनाले उमेदवारी दर्ता गराएका छन् । जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, हरि पराजुलीलगायत उपमहासचिवका उमेदवार बनेका छन् ।
सचिवका लागि दलित तीन र आदिवासी जनजातिमा तीनजना प्रतिस्र्धाको मैदानमा उत्रेका छन् । सचिव खुला पाँच सदस्यका निम्ति २७ जनाले उमेदवारी दर्ता गराएका छन् ।
एकीकृत समाजवादीमा वरिष्ठसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन हुँदैछ । अध्यक्ष, महासचिव र सम्मानित नेता भने पार्टी महाधिवेशनबाट चुनिएका थिए ।
पोलिटब्युरो सदस्य बन्नका लागि पनि विभिन्न नेताले उमेदवारी दिएका छन् ।
हेर्नुहोस्, उमेदवारको सूची–