Connect with us

राजनीति

अनेरास्ववियु क्रान्तिकारीको सम्मेलनमा खुकुरी प्रदर्शन, कुर्सी हानाहान

Published

on

नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा लफडा भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा विद्यार्थी नेताहरु कुर्सी हानाहानमा उत्रिएका छन् ।

उमेर हदको विरोध गर्दै निवर्तमान उपाध्यक्ष तुकमान महराले खुकुरीसहित प्रदर्शन गरेका छन् । यससँगै सम्मेलनस्थलमा प्रतिनिधिहरूबीच धकेलाधकेल भएको छ । तुकमान लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्।

अहिले अध्यक्षका दावेदार रहेका नेताहरु उमेर हद लगाउन नहुने पक्षमा रहेका छन् भने केही युवा नेताहरु ३२ वर्षे उमेरहद लगाउने पर्ने पक्षमा रहेका छन् । उमेर हद लागेका यस महाधिवेशनमा अध्यक्षका आकांक्षी रहेका अधिकांशको विद्यार्थी राजनीति सकिने भएकाले यो विषय विवादमा आएको बताइएको छ ।

आइतबार मूलपार्टी माओवादी केन्द्रले उमेर हद बारेको निर्णय महाधिवेशनको हलले नै गर्ने निर्णय गरेपछि आज यो विषयमा निर्णय लिने तयारी गरिएको छ ।

१० असोजदेखि जारी २३औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तालिका रहेपनि आजको तोकिएको निर्वाचनको प्रक्रिया अहिलेसम्म शुरु नै हुन सकेको छैन । आज उमेर हदको विवाद मतदानबाट टुंगो लगाएर निर्वाचनमा जाने बताइएको छ । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.