Connect with us

अर्थ

तारागाउँ रिजेन्सी होटल्स र एचआइडीसीएलको आज वार्षिक साधारण सभा

Published

on

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 
सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ पुस ११ गते बिहीबारसम्म कायम रहने सेयरधनीले साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् । 

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुने र लेखापरीक्षक पनि नियुक्त गर्ने लगायतका प्रस्तावहरु सभामा पेश हुनेछ । 

यस्तै, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को पनि आज (पुस २४ गते) वार्षिक साधारण सभा बस्दैछ । सभा कार्की ब्यांक्वेट, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताप पेश गर्दैछ । 

सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यस कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । पुस ४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.