Connect with us

राजनीति

मनोनयन दर्ताबाहेक बाँकी तालिका भोलिका लागि सारियो

Published

on

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका निम्ति उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबार (पुस ३०) का लागि सारिएको छ ।

नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार, आज मनोनयन दर्ता भइसकेपछि बाँकी तालिका भोलिबाट कार्यान्वयनमा आउनेछ ।

मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपश्चात् दर्ता गरिने भनिएको थियो । त्यसपछि पनि साँझ साढे ६ बजेका लागि सारिएको थियो ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबार (पुस २७) देखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.