Connect with us

राजनीति

एपीएफले जित्यो प्रधानमन्त्री टि-२० कप

Published

on

नेपाल एपिएफ क्लब प्रधामन्त्री कप राष्ट्रिय महिला ट्वान्टी २० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सुदूरपश्चिम प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकाल्दै विभागीय टोली एपीएफ च्याम्पियन बनेको हो ।

शनिबार धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित ४३ र कप्तान इन्दु बर्माले अविजित  १८ रन बनाएकी थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल तयार पार्न सफल भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनमा भएको प्रतियोगितामा ९ टोलीको सहभागिता थियो । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.